सौरभराज पन्तको टिप्पणी : प्रधानमन्त्री बालेन शाहको आर्थिक नीतिमा सोभियतकालीन अर्थतन्त्रको ह्याङओभर !
२१ कार्तिक, २०८३
काठमाण्डौ, २१ कार्त्तिक । एआईको युगमा नेपाल अभियानका संयोजक सौरभराज पन्तले प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच अर्थतन्त्रलाई हेर्ने आधारभूत दृष्टिकोणमै भिन्नता देखिएकाले सरकार गठन भएको सात महिनासम्म पनि मुलुकले अपेक्षित आर्थिक गति लिन नसकेको टिप्पणी गरेका छन् ।
पन्तका अनुसार प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति तथा गतिविधिहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेभन्दा पनि सरकार स्वयंले उद्योग तथा व्यवसाय सञ्चालन गर्ने र बजारमा प्रत्यक्ष हस्तक्षेप गर्ने सोचलाई प्राथमिकता दिएको देखिन्छ ।
उनले कहिले डीडीसीका उत्पादनको प्रवर्द्धन गर्ने, कहिले नेपाल टेलिकम (एनटीसी) लाई प्रवर्द्धन गर्ने, हेटौंडा कपडा उद्योग सरकारले आफैँ सञ्चालन गर्ने तथा सरकारी सफ्टवेयर कम्पनी स्थापना गर्ने जस्ता विषयलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
पन्तको विचारमा आधुनिक खुला बजार अर्थतन्त्रमा सरकारको मुख्य भूमिका निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने, नियमनलाई प्रभावकारी बनाउने र सहजकर्ताका रूपमा काम गर्ने हुनुपर्छ । तर प्रधानमन्त्री शाहका पछिल्ला आर्थिक प्राथमिकताहरूमा सरकार नियन्त्रित अर्थतन्त्रको अवधारणा झल्किएको उनको टिप्पणी छ ।
पन्तले प्रधानमन्त्री शाहको पुस्तागत पृष्ठभूमि र आर्थिक सोचबीच देखिएको विरोधाभासलाई पनि औँल्याएका छन् । उनका अनुसार प्रधानमन्त्री शाह विश्वव्यापीकरणको प्रभावमा हुर्किएको पोस्ट–कोल्ड वार (शीतयुद्धपछिको) पुस्ताका प्रतिनिधि हुन् । अर्कोतर्फ, उनी सन् २०४६ पछिको खुला बजार अर्थव्यवस्थामा जन्मिएर हुर्किएको पुस्ताका भए पनि उनको आर्थिक सोचमा भने सोभियतकालीन रुसी राज्यनियन्त्रित अर्थतन्त्रको झल्को देखिन्छ । अर्थात्, उनको पुस्तागत परिवेश र आर्थिक नीतिप्रतिको दृष्टिकोणबीच ठीक उल्टो प्रवृत्ति देखिएको पन्तको विश्लेषण छ ।
पन्तले नेपालले अब कस्तो आर्थिक नीति अवलम्बन गर्ने र आगामी दशकको आर्थिक विकासलाई कुन दर्शन तथा सिद्धान्तले निर्देशित गर्ने भन्ने विषयमा व्यापक राष्ट्रिय बहस र सहमति आवश्यक रहेको बताएका छन् ।
उनका अनुसार राज्यको भूमिका, निजी क्षेत्रको सहभागिता, सार्वजनिक संस्थानको भविष्य, विदेशी लगानी, उद्यमशीलता, प्रविधि र नवप्रवर्तनजस्ता विषयमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने समय आएको छ ।
यसै सन्दर्भमा 'एआईको युगमा नेपाल अभियान' ले नेपालको आर्थिक दर्शन र भावी आर्थिक नीतिबारे राष्ट्रिय संवाद तथा सहजीकरण गर्न सक्ने पन्तले बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।