लगानीमैत्री वातावरण बनाउन ५९ कानुनका ४७४ बुँदा संशोधन गर्ने तयारी

२१ कार्तिक, २०८३
सारांश
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’को मस्यौदामाथि शुक्रबार निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको हो ।

काठमाण्डौ, २१ कार्त्तिक । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रको कानुनी अड्चन हटाएर लगानीमैत्री वातावरण बनाउन ५९ वटा कानुनका ४७४ बुँदा संशोधन गर्ने तयारी गरेको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’को मस्यौदामाथि शुक्रबार निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको हो ।

 

छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले निजी क्षेत्रका कानुनी समस्या समाधान गरी लगानीको सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

 

त्यस्तै, सुशासन सल्लाहकार सुदिप ढकालले समयानुकूल कानुन परिमार्जन र प्रभावकारी कार्यान्वयन प्रणालीमार्फत नेपाललाई लगानीमैत्री बनाउन कानुनी सुधार प्रक्रिया अघि बढाइएको बताए ।

 

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र होटल एसोसिएसन नेपालका प्रतिनिधिले सुझाव दिएका थिए ।

 

सरोकारवालाबाट प्राप्त सुझाव समेटेर विधेयकको मस्यौदा परिमार्जन गरी सम्बन्धित मन्त्रालयमा पठाइने कार्यालयले जनाएको छ ।

 

आगामी मंसिर २३ र २४ गते आयोजना हुने नेपाल पूर्वाधार सम्मेलनअघि लगानी तथा पूर्वाधार क्षेत्रका कानुनी र नीतिगत सुधारका लागि सुझाव सङ्कलन गर्न छलफल गरिएको हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार