- नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन् ।
काठमाण्डौ, २१ कार्त्तिक । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन् ।
शनिबार कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै डा. महतले सर्वोच्च अदालतको रिभ्युमार्फत आफुहरुले नै आधिकारिकता पाउने बताएका हुन् ।
नेता महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले बोकिरहेको बताउदै कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा नै रहेको टिप्पणी गरे ।
नेता महतले गगन थापा नेतृत्वको कांग्रेसले प्रजातान्त्रिक समाजवादी विचार छाडेको आरोपसमेत लगाए । थापाले कांग्रेसको संस्कारसमेत त्यागेको र व्यक्तिवादी बाटोमा हिँडिरहेको आरोप लगाउदै उनले नेता कार्यकर्तालाई अझ सक्रिय हुन आग्रह गरे ।
उनले अब सामाजिक सञ्जालमा समेत सक्रिय हुनुपर्ने बताउदै अहिले पार्टीमा र देशमा नै सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लागाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।