दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
२१ कार्तिक, २०८३
- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन् ।
काठमाण्डौ, २१ कार्त्तिक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन् ।
मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र एक अधिकारी पनि भ्रमणमा सहभागी हुनेछन् ।
नोभेम्बर ७ देखि १३ सम्म हुने महासम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको उच्च व्यवस्थापन टोली, परिषद् तथा रेडियो नियमावली बोर्डका सदस्य चयनका लागि हुने निर्वाचनमा मतदान गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न देशका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटमा दूरसञ्चार पूर्वाधार, सेवाको गुणस्तर, डिजिटल पहुँच विस्तार र आधुनिक सञ्चार प्रविधिमा सहकार्यका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।
भ्रमणको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता बढाउनु र डिजिटल रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।