- आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरुले सहभागिता जनाइरहेका बेला पाकिस्तानी खेलाडीको सहभागितामा भने अन्योल बढेको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि शुरु हुदैछ ।
आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरुले सहभागिता जनाइरहेका बेला पाकिस्तानी खेलाडीको सहभागितामा भने अन्योल बढेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले एनओसी दिएर कतिपय खेलाडी काठमाडौँ आइसकेपछि प्रति खेलाडी अतिरिक्त २५ हजार डलर माग गरेपछि पाकिस्तानी खेलाडीहरुको एनपीएलमा सहभागितामा अन्योल भएको हो ।
पाकिस्तान बोर्डले राखेको शर्त पुरा गर्न फ्रेन्चाइजहरुले नसक्ने बताएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सहजीकरणको प्रयास गरेपनि सफल नभएको बताइएको छ । यस्तो अवस्थामा पाकिस्तानी खेलाडी एनपीएल खेल्न नसक्ने अवस्था बनेको बताइएको छ । क्यानले अन्तिम निर्णय गर्ने अधिकार फ्रेन्चाइजीलाई दिएको भएपनि टिमले अतिरिक्त २५ हजार डलर तिर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
यस सिजनका लागि सुदूरपश्चिम रोयल्सले हैदर अलीलाई, कर्णाली याक्सले साहिबजादा फरहान र हुसेन तलातलाई, जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुनैन शाहलाई तथा चितवन राइनोजले मोहमद नवाज, हसन अली र उसमा मीरलाई भित्र्याएका छन् ।
पाकिस्तान बोर्डले यसअघि एनओसी दिएका खेलाडीको अनुमति तत्कालका लागि रोकिएको बताइएको छ । पाकिस्तानका टी-२० कप्तान साहिबजादा फरहान र हुसेन तलत नेपाल आइसकेका छन् भने अन्य खेलाडी विवाद भएपछि नेपाल आउने नआउने अनिश्चित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।