बूढीगण्डकीमा बाढीले ठूलो क्षति पुर्याएपछि गगन थापाद्वारा दु:ख व्यक्त, उद्धारमा जुट्न आग्रह
२५ असोज, २०८३
- नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याएको भन्दै प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याएको भन्दै प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
थापाले आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले दुःखी बनाएको बताएका छन् ।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पनि थापाले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेसको सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना दिउँसो १२ बजेदेखि शुरु हुने
-
बूढीगण्डकीमा बाढी: उद्धार र राहतका लागि हेलिकप्टर परिचालन
-
बूढीगण्डकीमा बाढीले ठूलो क्षति पुर्याएपछि गगन थापाद्वारा दु:ख व्यक्त, उद्धारमा जुट्न आग्रह
-
सुनचाँदीको मुल्य बढ्यो
-
काँग्रेसको मतगणना सुस्त, अहिलेसम्म उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।