पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका-जमरा नलगाइदिने
२५ असोज, २०८३
- देशका विभिन्न भूभागमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकाले असहज परिस्थितिलाई मध्यनजर गर्दै सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम पनि यस वर्ष स्थागित गरिएको संवाद सचिवालयले जनाएको छ ।
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीको टीका र जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् ।
देशका विभिन्न भूभागमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकाले असहज परिस्थितिलाई मध्यनजर गर्दै सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम पनि यस वर्ष स्थागित गरिएको संवाद सचिवालयले जनाएको छ ।
निर्मल निवासस्थित संवाद सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत भदौ महिनामा आएको हिमपहिरो तथा भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको र सयौँ नागरिकले ज्यान गुमाउनुका साथै ठूलो मात्रामा भौतिक सम्पत्तिको अपूरणीय क्षति भएकाले दशैं पर्व सादगीपूर्वक मनाउने निधो गरेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ- 'श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिम पहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल बर्षाको कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै, आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको वडा दशैँ पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ। साथै मौसुफबाट यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा बक्सने कार्यक्रम नरहेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेसको सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना दिउँसो १२ बजेदेखि शुरु हुने
-
बूढीगण्डकीमा बाढी: उद्धार र राहतका लागि हेलिकप्टर परिचालन
-
बूढीगण्डकीमा बाढीले ठूलो क्षति पुर्याएपछि गगन थापाद्वारा दु:ख व्यक्त, उद्धारमा जुट्न आग्रह
-
सुनचाँदीको मुल्य बढ्यो
-
काँग्रेसको मतगणना सुस्त, अहिलेसम्म उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।