भरोसा नटुटोस् भन्दै योगेशले दिए गगन र विश्वप्रकाशलाई शुभकामना

२४ असोज, २०८३
सारांश
  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिँदै जनताको आशा, भरोसा र विश्वास नटुटाउन आग्रह गरेका छन् ।

काठमाण्डौ, २४ असोज । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिँदै जनताको आशा, भरोसा र विश्वास नटुटाउन आग्रह गरेका छन् ।

 

भट्टराईले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई शुभकामना दिँदै उनीहरू आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा आएको बताएका छन् । उनले नयाँ नेतृत्वले जनताको विश्वास कायम राख्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

 

उनले लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनमा सहकार्य गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धाको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । भट्टराईले व्यक्ति र स्वार्थ केन्द्रित सत्ता गठबन्धनको अभ्यासबाट मुलुकलाई मुक्त गर्नुपर्नेमा जोड दिदै सम्मानित र मर्यादित राजनीतिक संस्कृतिको निर्माण गर्नुपर्ने बताएका छन् ।

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा समस्त कांग्रेसजनलाई पनि उनले बधाई दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार