एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

२४ असोज, २०८३
सारांश
  • शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

काठमाण्डौ, २४ असोज । नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जना सदस्य मनोनीत गरेको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

 

बस्नेतका अनुसार मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन् ।

 

त्यस्तै, स्थायी कमिटी बैठकले बाँकी कार्यसूचीका विषयमा उपयुक्त समयमा पार्टी अध्यक्षले बैठक बोलाएर निर्णय गर्ने पनि टुंगो लगाएको उनले बताएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार