दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता
२३ असोज, २०८३
- पार्टीले आगामी मंसिर ७ गते झापाको दमकमा औपचारिक घोषणा कार्यक्रम गर्ने जनाएको छ ।
काठमाण्डौ, २३ असोज । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीले आयोगबाट विधिवत् रूपमा दल दर्ताको प्रमाणपत्रसमेत प्राप्त गरेको जनाएको छ ।
पार्टीले आगामी मंसिर ७ गते झापाको दमकमा औपचारिक घोषणा कार्यक्रम गर्ने जनाएको छ ।
पार्टीले देश र जनताको हितका लागि सबै राजनीतिक दल, राष्ट्रवादी धारमा विश्वास राख्ने नेपाली, उद्योगी–व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।
पार्टीले देश जोगाउने र निर्माण गर्ने अभियानमा पृथ्वीनारायण शाहसँग जोडिएका राजा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका पूर्वराष्ट्रसेवक तथा राष्ट्रसेवकलाई राष्ट्रिय एकता, सुशासन, शान्ति र समृद्धिका लागि आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहँदै सहकार्य गर्न आह्वान गरेको छ । पार्टीले आफूलाई ‘नेपाल र नेपालीको पार्टी’ का रूपमा प्रस्तुत गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।