कुटनीतिज्ञ सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा प्रस्तावित

२२ असोज, २०८३
सारांश
  • दलेला भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका अधिकारी हुन् । भारतीय विदेश मन्त्रालयको विवरणअनुसार उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए ।

काठमाण्डौ, २२ असोज । भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा करियर कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता सकिएपछि भारतले दलेलालाई प्रस्ताव गरेको हो ।

 

दलेला भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका अधिकारी हुन् । भारतीय विदेश मन्त्रालयको विवरणअनुसार उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए । हाल उनी विदेश मन्त्रालयमा आर्थिक सम्बन्धसम्बन्धी सचिवका रूपमा कार्यरत रहेको विवरणमा उल्लेख  छ ।

 

दलेलाको नेपालसँग सम्बन्धित कामको अनुभवसमेत रहेको छ । काठमाडौंस्थित भारतीय दूतावासको पुरानो सार्वजनिक विवरणअनुसार उनी विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव हुँदा नेपालमा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी संवादमा सहभागी भएका थिए ।

 

भुटानका लागि राजदूत तथा वासिङ्टनस्थित भारतीय दूतावासमा उपनियोग प्रमुखका रूपमा काम गरेको अनुभवले दलेलाको छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय कूटनीतिमा अनुभव रहेको देखाउछ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार