कुटनीतिज्ञ सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा प्रस्तावित
२२ असोज, २०८३
- दलेला भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका अधिकारी हुन् । भारतीय विदेश मन्त्रालयको विवरणअनुसार उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए ।
काठमाण्डौ, २२ असोज । भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा करियर कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता सकिएपछि भारतले दलेलालाई प्रस्ताव गरेको हो ।
दलेला भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका अधिकारी हुन् । भारतीय विदेश मन्त्रालयको विवरणअनुसार उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए । हाल उनी विदेश मन्त्रालयमा आर्थिक सम्बन्धसम्बन्धी सचिवका रूपमा कार्यरत रहेको विवरणमा उल्लेख छ ।
दलेलाको नेपालसँग सम्बन्धित कामको अनुभवसमेत रहेको छ । काठमाडौंस्थित भारतीय दूतावासको पुरानो सार्वजनिक विवरणअनुसार उनी विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव हुँदा नेपालमा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी संवादमा सहभागी भएका थिए ।
भुटानका लागि राजदूत तथा वासिङ्टनस्थित भारतीय दूतावासमा उपनियोग प्रमुखका रूपमा काम गरेको अनुभवले दलेलाको छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय कूटनीतिमा अनुभव रहेको देखाउछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आयकरको दरमा ऐतिहासिक कटौती, लगानीका लागि अहिलेको जस्तो अनुकूल वातावरण कहिल्यै थिएन: अर्थमन्त्री
-
आर्थिक वृद्धिदर न्यून, करको भार उच्च रहेकाले करका दर घटाउनुपर्छ : अध्यक्ष श्रेष्ठ
-
राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित, निकायतर्फ सूर्य नेपाल र व्यक्तिगततर्फ राजबहादुर शाह
-
दानबहादुरको मुद्दामा भोलिलाई तोकियो पेसी
-
राष्ट्र बैंकले तीन महिनाका लागि २०० अर्बको निक्षेप संकलन गर्दै
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।