महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा

२१ असोज, २०८३
सारांश
  • नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको महाधिवेशनमा अनुपस्थिति आफूहरूलाई नमिठो लागेको टिप्पणी गरेका छन् ।

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको महाधिवेशनमा अनुपस्थिति आफूहरूलाई नमिठो लागेको टिप्पणी गरेका छन् । 

 

कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै थापाले देउवाले लामो समय पार्टीमा योगदान दिएको स्मरण गर्दै उनको अनुपस्थितिले आफूहरूलाई नमिठो लागेको बताएका हुन् ।

 

उनले भने- 'यो पार्टी तपाईं-हामी सबै मिलेर बनाएका हौं । श्रद्धेय अध्यक्ष शेरबहादुर देउवाले यो पार्टीमा लामो समय बिताउनुभएको छ, बनाउनुभएको छ । अरूले पनि ठूलो योगदान गरेका छन् । हामीलाई मिठो लागेको छैन। आज मञ्चमा दाइहरू पनि हुनुपर्थ्यो, भोलि पनि हामी जोडेर जान चाहन्छौँ। त्यसैले अब अरू कुरा छाडिदिनुस् ।’

 

थापाले कांग्रेसको विवाद बारे सर्वोच्च अदालतमा पटक-पटक निवेदन जाने क्रम रोक्न आग्रह गरे । उनले भने- 'सर्वोच्च अदालतले कांग्रेसको विषयमा अर्को निवेदन पनि दरपीठ गरिदियो। सर्वोच्चले पटक-पटक पर्दैन भनिरहेको छ । त्यसैले अदालत धाउने, अदालत जाने काम नगर्नुस्। यसले समयको बर्बादी मात्र गर्छ ।'

 

उनले कांग्रेसभित्रको यो विवादलाई अब थप नलम्ब्याउन आग्रह गर्दै अब यो च्याप्टर बन्द गर्न सबैलाई आग्रह गरेका छन् । सभापति थापाले अब यो महाधिवेशनपछि काँग्रेसका सबै गुट सकिएको बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार