कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
२१ असोज, २०८३
काठमाडौं : दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आफ्ना छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष सामाजिक सञ्जालमार्फत कारबाहीको माग गरेकी थिइन्।
उक्त भिडियोबारे अनुसन्धान गर्ने क्रममा कन्सल्टेन्सीका सञ्चालक २८ बर्षिय नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का पाण्डेलाई पक्राउ गरिएको हो ।
प्रहरीले असोज २० गते काठमाडौं महानगरपालिका–२६ रानीबारी चोकबाट पाण्डेलाई नियन्त्रणमा लिएको र उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास बनाउन साझेदार संस्थासँग प्रस्ताव माग
-
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थानले खस्कियो ।
-
कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
-
इजरायल पठाउने भन्दै साढे २ करोडभन्दा बढी ठगी, पीडितलाई जाहेरी दिन सीआईबीको आग्रह
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।