इजरायल पठाउने भन्दै साढे २ करोडभन्दा बढी ठगी, पीडितलाई जाहेरी दिन सीआईबीको आग्रह

२१ असोज, २०८३
सारांश
  • इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरिएको घटनामा पीडितलाई जाहेरी दिन नेपाल प्रहरीले आग्रह गरेको छ ।


काठमाडौं : इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरिएको घटनामा पीडितलाई जाहेरी दिन नेपाल प्रहरीले आग्रह गरेको छ ।

 

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूचना जारी गर्दै घटनामा पीडित भएका व्यक्तिहरूलाई यथाशीघ्र जाहेरी दिन अनुरोध गरेको हो ।

 

ब्युरोका अनुसार इजरायलको ‘केयरगिभर’ रोजगारीका लागि सन् २०२४ मा सञ्चालित परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका युवालाई तत्काल इजरायल पठाइदिने भन्दै ठगी गरिएको थियो। पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फर्जी कागजात देखाएर रकम असुलिएको सूचनामा उल्लेख छ ।

 

पीडितहरूले दिएको जाहेरीअनुसार योजनाबद्ध रूपमा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको छ । घटनामा भरतप्रसाद चौलागाईंलगायत व्यक्तिहरू संलग्न रहेको आरोप छ ।

 

उक्त घटनामा जिल्ला रामेछाप, सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंसहित चार जना पक्राउ परिसकेका छन्। उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा दर्ता भई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

 

ब्युरोले घटनामा विभिन्न किसिमले ठगीमा परेका पीडित व्यक्तिहरूलाई सम्बन्धित प्रमाणसहित केन्द्रीय अनुसन्धान ब्युरोमा यथाशीघ्र जाहेरी दरखास्त दिन अनुरोध गरेको छ । साथै घटनामा थप पीडितहरू हुन सक्ने भएकाले उनीहरूको उजुरी संकलन गरी अनुसन्धान अघि बढाइने जनाइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार