- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपाली काँग्रेसका सभापति गगन थापालाई जवाफ दिदै पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएको बताएका छन् ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपाली काँग्रेसका सभापति गगन थापालाई जवाफ दिदै पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएको बताएका छन् ।
सभापति थापाले आइतबार काँग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै काँग्रेसका कैयौं कार्यकर्ता रास्वपामा गएको भन्दै सभापति रवि लामिछानेलाई जवाफ दिएका थिए ।
त्यसको जवाफमा अमरेशले गगनलाई नाक फुलाएर 'लोकतन्त्र ल्याउने पार्टी' भनेर गर्व गरेपनि त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्याउने जिम्मेवारी कसको हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्- नयाँ पार्टीका सभापतिज्यु, यत्तिकै पार्टी छोडेर गएका होइनन्, तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन् ।
नाक फुलाएर 'लोकतन्त्र ल्याउने पार्टी' भनेर गर्व गर्नुभयो। तर प्रश्न यो हो—त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्याउने जिम्मेवारी कसको हो ? इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ ।
लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने—योभन्दा ठूलो विडम्बना अरू के होला ?
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।