बिजुलीको बिल मोबाइलबाटै तिर्ने व्यवस्था विस्तार गर्न ऊर्जामन्त्रीको निर्देशन
१९ असोज, २०८३, सोमवार
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणालीलाई थप प्रभावकारी र व्यापक बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणालीलाई थप प्रभावकारी र व्यापक बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
हेटौँडामा विद्युत् वितरण केन्द्रका प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले नागरिकले बिजुलीको बिल तिर्न कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । उनले विद्युतीय भुक्तानीलाई अभियानकै रूपमा विस्तार गरी यसबारे जनचेतना बढाउन निर्देशन दिए ।
उनका अनुसार विद्युतीय भुक्तानीको प्रयोग बढे पनि पछिल्लो समय यसको वृद्धिदर सन्तोषजनक छैन। डिजिटल भुक्तानी विस्तारले नागरिकको समय बचत हुनुका साथै प्राधिकरणको खर्च घटाउने र जनशक्तिलाई ग्राहकको गुनासो सम्बोधनलगायतका काममा परिचालन गर्न सकिने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले विद्युत् ट्रिपिङ हुँदा ग्राहकलाई समयमै जानकारी र सेवा दिन तथा विद्युत् चुहावट नियन्त्रणमा विशेष ध्यान दिन पनि निर्देशन दिए । विद्युत् संरचनाको नियमित मर्मत, संरक्षण र गस्तीलाई प्रभावकारी बनाउन तथा कार्यालय सञ्चालनमा सुशासन र शासकीय सुधारलाई प्राथमिकता दिन उनले वितरण केन्द्र प्रमुखहरूलाई आग्रह गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।