राष्ट्र बैंकले ३० करोड थान सिक्काको लागि बोलपत्र आह्वान

१९ असोज, २०८३, सोमवार
सारांश
  • नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ अंकित मूल्यका ३० करोड थान चलनचल्तीका सिक्का छपाइ, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरेको हो ।

काठमाडौँ : नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ अंकित मूल्यका ३० करोड थान चलनचल्तीका सिक्का छपाइ, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

 

बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरेको हो ।

 

बैंकले सोमबार प्रकाशित गरेको सूचनाअनुसार सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीसहितका कामका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक चरण र खामबन्दी प्रक्रियाबाट बोलपत्र आह्वान गरिएको छ ।

 

पूर्वयोग्य बोलपत्रदाताले बोलपत्रसम्बन्धी कागजात कात्तिक १७ गतेसम्म कार्यालय समयमा खरिद गर्न सक्नेछन् । बोलपत्रसम्बन्धी पूर्वबैठक असोज ३० गते दिउँसो १२ बजे नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हुने जनाइएको छ ।

 

बोलपत्र कात्तिक १८ गते दिउँसो १२ बजेसम्म बुझाउनुपर्नेछ । सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिनेछ । बोलपत्रसँग न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

 

नेपाल राष्ट्र बैंकले बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने पूर्ण अधिकार आफूसँग सुरक्षित रहेको जनाएको छ । सिक्का उत्पादन तथा आपूर्तिका लागि छनोट हुने कम्पनीले सम्झौताअनुसार ३० करोड थान दुई रुपैयाँका सिक्का उपलब्ध गराउनुपर्नेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार