काँग्रेस महाधिवेशन: आज सवा ९ बजेबाट बन्दसत्र हुँदै

२०८३ असोज १९ सोमवार
सारांश
  • बन्दसत्रमा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पेस गरिने बताइएको छ ।

काठमाण्डौ, १९ असोज । नेपाली काँग्रेसको १५औं महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र शुरु हुँदै छ ।

 

महाधिवेशनमा आज बिहान ७: ३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ भने त्यसपछि बिहान सवा ९ बजेबाट खुलामञ्चमा बनाइएका तीनवटा हलमा बन्दसत्र सुरु हुने बताइएको छ ।

 

बन्दसत्रमा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पेस गरिने बताइएको छ ।

 

त्यसलगत्तै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ । विधानमाथिको छलफलपछि दिउँसो साढे ११ बजे प्रतिनिधिको खानाका लागि समय निर्धारण गरिएको छ ।

 

त्यस्तै केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ । जस अनुसार आज प्रतिनिधिहरुको नाम सार्बजनिक गरिने, मङ्गलवार उम्मेदवारको मनोनयन दर्ता र विहिवार निर्वाचनको समय तोकिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार