- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आन्तरिक विषय सामाजिक सञ्जालमा लेख्ने नेता तथा कार्यकर्तालाई अब माफी नदिने चेतावनी दिएका छन्।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आन्तरिक विषय सामाजिक सञ्जालमा लेख्ने नेता तथा कार्यकर्तालाई अब माफी नदिने चेतावनी दिएका छन्।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले महाधिवेशनबाट भएका निर्णयलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताए। निर्णयप्रति असन्तुष्टि भए पार्टीका कमिटीमा छलफल गर्न सकिने तर पटक–पटक सामाजिक सञ्जालमार्फत विरोध गर्नु अनुशासनहीन काम भएको उनको भनाइ थियो।
उनले भने, ‘महाधिवेशनमा हामी थियौँ होइन र? केही साथीले चित्त नबुझेर विपक्षमा भोट हाल्या होइन ? महाधिवेशनको निर्णय सर्लक्क मानेर अर्को महाधिवेशनसम्म जानु परेन?’
पार्टीभित्रका विषय कमिटीमा राख्न कसैले रोकावट नगरेको भन्दै ओलीले सामाजिक सञ्जालमा लेखेर विरोधीलाई मौका दिने गतिविधि स्वीकार्य नहुने बताए।
उनका अनुसार अघिल्लो केन्द्रीय कमिटी बैठकको मितिभन्दा अगाडि भएका अनुशासनहीन गतिविधिलाई क्षमा गरिएको छ। तर अब त्यस्ता गतिविधि दोहोरिए कारबाही हुने उनले स्पष्ट पारे।
ओलीले आफूलाई पक्राउ गर्नुअघि एक नेताले ‘ओली पक्राउ पर्दा एमाले सडकमा जाँदैन’ भनी दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाए। पार्टीका कार्यकर्ता सडकमा नउत्रिने अभिव्यक्ति दिएर सरकारलाई आफूलाई पक्राउ गर्न प्रोत्साहन गरेको भन्दै उनले आक्रोश व्यक्त गरे।
‘सरकार हच्किराखेको छ। सरकारलाई ढाडस दिने? केही पनि हुँदैन, एक जना मान्छे पनि सडकमा उत्रिँदैन भनेको समात भनेको त हो नि,’ ओलीले भने।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।