- यस वर्ष विश्व शिक्षक दिवसका लागि 'शिक्षकहरूसँग ऐक्यबद्धता: ६० वर्षदेखि पेशाको संरक्षण, प्रतिष्ठाको अभिवृद्धि र हाम्रो भविष्य निर्माणमा योगदान' भन्ने नारा दिइएको छ ।
काठमाण्डौ, १९ असोज । आज विश्वभर विश्व शिक्षक दिवस मनाइँदैछ ।
विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।
विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ । सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो ।
यस वर्ष विश्व शिक्षक दिवसका लागि 'शिक्षकहरूसँग ऐक्यबद्धता: ६० वर्षदेखि पेशाको संरक्षण, प्रतिष्ठाको अभिवृद्धि र हाम्रो भविष्य निर्माणमा योगदान' भन्ने नारा दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।