गृहमन्त्री सुदन गुरुङ अर्को साता भारत भ्रमणमा जाने

१९ असोज, २०८३, सोमवार
सारांश
  • बैठकमा सदस्य राष्ट्रबीचको सुरक्षा सहकार्य, आतंकवाद तथा अन्तरदेशीय अपराधलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

गृहमन्त्री सुदन गुरुङ आगामी अक्टोबर १२ मा भारत भ्रमणमा जाने भएका छन्। पदभार सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ।

 

गुरुङले अक्टोबर १३ मा नयाँदिल्लीमा हुने पहिलो बिमिस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन्। बैठकमा सदस्य राष्ट्रबीचको सुरक्षा सहकार्य, आतंकवाद तथा अन्तरदेशीय अपराधलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

 

भ्रमणका क्रममा गुरुङले भारतीय गृहमन्त्री अमित शाहसहित समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने सम्भावना रहेको नेपाली अधिकारीहरूले बताएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार