- आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५९ कम्पनिका ९० लाख ३ हजार ३८८ कित्ता शेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंक डिभेन्चरको शेयर ५.७५ प्रतिशतले बढेको छ भने नेपाल एसबिआई बैंक डिभेन्चरको शेयर ४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर ५.८४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्डि हाइड्रोको २२ करोड ८६ लाख बराबरको कारोबार भएको छ भने हाथवे इन्भेस्टमेन्टको ८ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।