काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने
१९ असोज, २०८३, सोमवार
- नेपाली काँग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ ।
काठमाडौँ : नेपाली काँग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ ।
सोमबार, खुलामञ्चमा बसेको कांग्रेसको अन्तिम केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीको संख्या २३ पुर्याउने भएको हो ।
कांग्रेसले उपसभापतिको संख्या तीन बनाउने भएको छ । एक जना वरिष्ठ उपसभापतिसहित तीन उपसभापति रहने भएका छन् । त्यस्तै, महामन्त्रीको संख्या २ बाट बढाएर ३ बनाइने भएको छ, जसमा एक जना महिला अनिवार्य गरिएको छ ।
त्यसैगरी, सहमहामन्त्रीको संख्या आठ बाट १५ पुर्याइएको छ, जसमध्ये चार जना सभापतिबाट मनोनित हुने छन् । कोषाध्यक्ष भने यसअघि जस्तै सभापतिले मनोनित गर्ने व्यवस्था कायम राखिएको छ ।
यसअघि कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो । त्यस्तै, सहमहामन्त्रीको संख्या आठ थियो ।
त्यस्तै केन्द्रीय कार्यसमितिको संख्या २३२ सदस्यीय हुने बताइएको छ । जसमा महाधिवेशनबाट १७१ जना निर्वाचित हुने छन् भने ६१ सभापतिले मनोनित गर्ने छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
डिला संग्रौलाले काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
-
काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने
-
ट्रम्पको लोकप्रियता घट्दै, आफ्नै पार्टीका नेताको दूरी बढ्यो
-
प्रधानसेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा प्रस्थान
-
बिजुलीको बिल मोबाइलबाटै तिर्ने व्यवस्था विस्तार गर्न ऊर्जामन्त्रीको निर्देशन
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।