- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नै रिपब्लिकन पार्टीका नेताहरूको असन्तुष्टि बढ्न थालेको छ ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नै रिपब्लिकन पार्टीका नेताहरूको असन्तुष्टि बढ्न थालेको छ ।
आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि केही रिपब्लिकन उम्मेदवारले ट्रम्प र उनका नीतिबाट दूरी बनाउन थालेका छन् ।
कतिपय उम्मेदवारले चुनावी वेबसाइटबाट ट्रम्प र उनको ‘अमेरिका फर्स्ट’ नीतिसम्बन्धी उल्लेख हटाएका छन् भने केहीले ट्रम्पसँग एउटै मञ्चमा देखिनसमेत नचाहेको समाचारमा उल्लेख छ ।
रिपब्लिकन नेताहरूले ट्रम्पसँगको निकटताले चुनावमा आफूहरूलाई असर पार्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । एपी–एनओआरसी सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनप्रति ३० प्रतिशत अमेरिकी मात्र सन्तुष्ट छन् । अर्थतन्त्र सञ्चालनप्रति उनको समर्थन २६ प्रतिशत र जीवनयापनको बढ्दो लागत व्यवस्थापनप्रति समर्थन १७ प्रतिशतमा सीमित रहेको छ । ६५ प्रतिशतभन्दा बढी अमेरिकीले बढ्दो मूल्यका लागि ट्रम्पका नीतिलाई जिम्मेवार मानेका छन् ।
ट्रम्पका केही पूर्वसमर्थक रिपब्लिकन नेताहरूले समेत उनका नीतिमाथि प्रश्न उठाउन थालेका छन् । आयोवा र मिशिगनका केही उम्मेदवारले इरान युद्ध चाँडै अन्त्य गर्न माग गरेका छन् भने केही सांसदले राष्ट्रपतिको युद्धसम्बन्धी अधिकार सीमित गर्ने पक्षमा विपक्षी दलका सांसदसँग मतदान गरेका छन् । फ्लोरिडाकी एक सांसदले ट्रम्पको कडा आप्रवासन नीतिमाथि पनि प्रश्न उठाएकी छन् ।
रिपब्लिकन उम्मेदवारका लागि अर्थतन्त्र र महँगी मुख्य चुनौती बनेका छन् । सर्वेक्षणमा ६४ प्रतिशत अमेरिकीले ट्रम्पले आयातमा लगाएको अतिरिक्त शुल्कको विषयमा आवश्यकताभन्दा बढी कदम चालेको बताएका छन् । यही कारण आगामी मध्यावधि निर्वाचनमा ट्रम्पको आर्थिक नीतिबाट आफूलाई कसरी अलग राख्ने भन्ने विषय रिपब्लिकन उम्मेदवारका लागि कठिन बनेको समाचारमा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
डिला संग्रौलाले काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
-
काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने
-
ट्रम्पको लोकप्रियता घट्दै, आफ्नै पार्टीका नेताको दूरी बढ्यो
-
प्रधानसेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा प्रस्थान
-
बिजुलीको बिल मोबाइलबाटै तिर्ने व्यवस्था विस्तार गर्न ऊर्जामन्त्रीको निर्देशन
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।