म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु
१३ असोज, २०८३, मगलवार
- म्यानमारको रखाइन राज्यस्थित क्याउक्ताव सहरमा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अराकान आर्मीका अनुसार आक्रमणमा करिब ६० जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
काठमाडौँ : म्यानमारको रखाइन राज्यस्थित क्याउक्ताव सहरमा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
अराकान आर्मीका अनुसार आक्रमणमा करिब ६० जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
आक्रमण किस्सापनादी पुल क्षेत्र र भारतीय बजार वरपर भएको थियो । भग्नावशेषबाट शव निकाल्ने काम जारी रहेकाले मृतकको संख्या ५८ सम्म पुग्न सक्ने स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी न्युज बर्मीजले जनाएको छ । अराकान आर्मीले आक्रमणका लागि म्यानमारको सेनालाई जिम्मेवार ठहर गर्दै निन्दा गरेको छ र जवाफी कारबाहीको चेतावनी दिएको छ । सेना समर्थक टेलिग्राम च्यानलहरूले भने मृतकहरू अराकान आर्मीका सदस्य भएको दाबी गरेका छन् ।
यो घटना पछिल्ला महिनामा रखाइन राज्यमा नागरिकमाथि भएका सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दानबहादुर कार्की लक्षित अनुसन्धानमा अख्तियार सक्रिय, निर्वाचन प्रहरीको पोशाक ठेकेदारसँग पुनः बयान
-
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
-
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका उम्मेदवार बन्नै कोही तयार भएनन्
-
नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षकविरुद्ध मुद्दा दायर
-
अमेरिकाको ‘प्याक्स सिलिका’ र चीनको ‘वाइको’ बीचको एआई प्रतिस्पर्धामा नेपाल : सौरभराज पन्त
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।