ट्रम्प टिममा पत्रकारको इन्ट्री, हार्मनी बनिन् ह्वाइटहाउसकी प्रवक्ता

१७ असोज, २०८३, शनिवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी रे हार्मनीलाई ह्वाइट हाउसकी सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त गरेका छन् ।

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी रे हार्मनीलाई ह्वाइट हाउसकी सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त गरेका छन् । 

 

हार्मनी यसअघि ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट हाउस संवाददाताका रूपमा कार्यरत थिइन् । उनले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछिन् ।

 

हार्मनीले सन् २०२५ को सेप्टेम्बरमा ‘रियल अमेरिकाज भ्वाइस’मा काम सुरु गरेकी थिइन् । त्यसअघि उनले इलिनोइसको स्प्रिङफिल्डमा समाचार प्रस्तोताका रूपमा काम गरेकी थिइन् । पछिल्लो समय उनी ह्वाइट हाउसका गतिविधि कभर गर्ने सञ्चारकर्मीको समूहमा नियमित रूपमा देखिँदै आएकी थिइन् र ट्रम्पसँग आयरल्यान्ड भ्रमणमा समेत सहभागी भएकी थिइन् ।

 

हार्मनीको नियुक्तिसँगै उनी पत्रकारिताबाट सिधै ट्रम्प प्रशासनको सञ्चार टोलीमा प्रवेश गरेकी छन् । ह्वाइट हाउसकी प्रधान उप प्रेस सचिव अन्ना केलीले हार्मनीको नियुक्तिको स्वागत गर्दै उनी सञ्चार टोलीको महत्वपूर्ण हिस्सा बन्ने बताएकी छन् । हार्मनीले पनि ट्रम्पले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गरेकी छन्।

 

यसैबीच, ह्वाइट हाउसको प्रेस सचिव पद भने अझै रिक्त छ । पूर्वप्रेस सचिव क्यारोलिन लेभिटले अगस्टको अन्त्यमा पद छाडेपछि ट्रम्प प्रशासनले उनको स्थायी उत्तराधिकारी नियुक्त गरेको छैन। हार्मनीको नियुक्ति प्रेस सचिवको स्थायी प्रतिस्थापन भने होइन, उनी सहायक प्रेस सचिव र प्रवक्ताका रूपमा सञ्चार टोलीमा रहनेछिन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार