काँग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरु

१७ असोज, २०८३, शनिवार
सारांश
  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ ।


काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ । 

 

शनिबार, पार्टी कार्यालय बीपीनगर सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । 

 

महाधिवेशन प्रतिनिधिले ३५ सय शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् ।  झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ ।

 

महाधिवेशनको उद्घाटन भने आइतबार काठमाडौँको खुलामञ्चमा हुनेछ । १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।

 

काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश र विदेशबाट ७५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुदैछन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार