परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि–कोप बैठकमा सहभागी हुदै, अस्ट्रेलिया पनि जाने
१५ असोज, २०८३, बिहिवार
- परराष्ट्रमन्त्री शिशिर खनाल अक्टोबर ३ मा फिजी प्रस्थान गर्ने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अक्टोबर ५ र ६ मा फिजी र टुभालुमा आयोजना हुने प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुनेछन् ।
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल अक्टोबर ३ मा फिजी प्रस्थान गर्ने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अक्टोबर ५ र ६ मा फिजी र टुभालुमा आयोजना हुने प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुनेछन् ।
मन्त्री खनालले अक्टोबर ६ मा हुने नेताहरूको पूर्ण बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग हुने सञ्चारमाध्यमसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउने मन्त्रालयले जानकारी दिएको छ ।
प्रि–कोप कार्यक्रमपछि मन्त्री खनाल अस्ट्रेलिया जानेछन् । उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी समकक्षी पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावास र सिड्नीस्थित नेपाली समुदायले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । परराष्ट्रमन्त्री खनाल अक्टोबर १२ मा काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
-
परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि–कोप बैठकमा सहभागी हुदै, अस्ट्रेलिया पनि जाने
-
नापीका सर्वेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा दायर
-
आङ्देम्बेले सम्झाए प्रधानमन्त्री शाहलाई संसदीय मर्यादा
-
निजामती विधेयक संसदमा दर्ता, यस्ता छन् मुख्य विषय
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।