महाकाली नदीको दोधारा–चाँदनी झोलुङ्गे पुल चुडियो

१४ असोज, २०८३, बुधवार
सारांश
  • कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुडिएको छ ।

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुडिएको छ ।

 

बुधबार बिहान पुलको बीचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुडिएको हो ।

 

महाकाली नदीमाथि निर्माण गरिएको यो पुल दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महत्वपूर्ण संरचना रहेको थियो । नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।

 

पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ । महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा आवतजावत सहज बनाउँदै आएको थियो ।

 

यो पुल भीमदत्त नगरपालिकाबाट करिब १२ किलोमिटर दक्षिणपश्चिममा, महाकाली बाँधभन्दा करिब ८ किलोमिटर तल तथा भारतीय सीमाबाट करिब ५.५ किलोमिटर दक्षिणतर्फ रहेको छ । दोधारा–चाँदनी झोलुङ्गे पुलमा २०६२ सालदेखि आवतजावत शुरु भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार