बेनी–मालढुंगा–कोरला सडकमा पहिरो हटाउने र संरचना निर्माण गर्ने काम तीव्र

१४ असोज, २०८३, बुधवार
सारांश
  • बेनी–मालढुंगा–कोरला सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो हटाउने, सडक कटानको पछाडिको भाग व्यवस्थापन गर्ने तथा टेवा पर्खाल निर्माण गर्ने काम तीव्र पारिएको छ ।

म्याग्दी । बेनी–मालढुंगा–कोरला सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो हटाउने, सडक कटानको पछाडिको भाग व्यवस्थापन गर्ने तथा टेवा पर्खाल निर्माण गर्ने काम तीव्र पारिएको छ ।

 

घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालन भइरहेको सडक विभागले जानकारी दिएको छ । मुस्ताङ–बेनी सडकखण्डका विभिन्न स्थानमा सडक कटानको पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुकासम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको विभागले जनएको छ ।

 

त्यस्तै, तातोपानी क्षेत्रमा सडक कटानको पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माणको काम भइरहेको र उक्त क्षेत्रमा आज बेलुकासम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, पोखरेबजार पुलको पहुँचमार्ग निर्माणको काम भइरहेको छ भने उक्त काम भोलि बेलुकासम्म सम्पन्न गरी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।

 

अर्कोतर्फ, राघुघाट जलविद्युत् आयोजनास्थित सडकमा पनि कटानको पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माण भइरहेको छ । सो स्थानमा भोलि बेलुकासम्म यातायात सञ्चालन गर्ने गरी काम अघि बढाइएको विभागले जनाएको छ ।

 

यसैगरी, मालढुंगा–बेनी सडकखण्डको केराबारीमा पहिरो गएको स्थानमा पनि पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालन गर्ने काम भइरहेको छ । सडकका विभिन्न स्थानमा एकैसाथ काम अघि बढाइएकाले अवरुद्ध तथा जोखिमयुक्त सडकखण्डलाई क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार