असोज ८ गतेदेखिको बाढी र पहिरोमा २१ जनाको मृत्यु, पाँच बेपत्ता
१२ असोज, २०८३, सोमवार
- पछिल्लो समय देशभर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
काठमाडौँ : पछिल्लो समय देशभर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ गतेदेखि ११ गते साँझसम्मको विवरणमा विपद्का विभिन्न घटनामा पाँच जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा ४२६ वटा विपद्का घटना भएका छन् । ती घटनाबाट ७४७ परिवार प्रभावित भएका छन् । बाढी, पहिरो र अविरल वर्षाका कारण १४३ घर पूर्ण रूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
सबैभन्दा बढी क्षति पहिरोबाट भएको छ । पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, पाँच जना बेपत्ता र चार जना घाइते भएका छन् । पहिरोबाट १४७ परिवार प्रभावित भएका छन् भने १९ घर पूर्ण र १२ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीका ५३ घटनामा चार जनाको मृत्यु भएको छ। बाढीबाट ३५० परिवार प्रभावित भएका छन् भने १०१ घर पूर्ण र दुई घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
त्यस्तै, अविरल वर्षाका कारण भएका ११७ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्। वर्षाका कारण २५० परिवार प्रभावित भएका छन् भने २३ घर पूर्ण र ३७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
प्राधिकरणका अनुसार असोज ५ गते नेपाल मौसम विज्ञान विभागले विशेष मौसमी बुलेटिन जारी गरेपछि उच्च सतर्कताका लागि अनुरोध गरिएको थियो । असोज ६ गते सरोकारवाला निकायसँग सम्पर्क गरी पूर्वतयारीमा लाग्न निर्देशन दिइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।