अवरुद्ध बीपी राजमार्ग खुलाउन समय लाग्ने

१२ असोज, २०८३, सोमवार
सारांश
  • पहिरो तथा सडक कटानका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउन विभिन्न स्थानमा काम भइरहेको छ ।

काभ्रे : पहिरो तथा सडक कटानका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउन विभिन्न स्थानमा काम भइरहेको छ ।

 

चौकीडाँडा, घुमाउने, डालाबेशी, माम्ती, गिम्दीबेशी, पिप्लेलगायतका स्थानमा डोजरको सहायताले सडकमा खसेको पहिरो पन्छाउने तथा नयाँ बाटो खोल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

 

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

 

थप जानकारी तथा सहयोगका लागि १००, १०३ र १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार