एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव
१२ असोज, २०८३, सोमवार
- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई १७ बुँदे सुझाव बुझाएको छ ।
काठमाडौँ : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई १७ बुँदे सुझाव बुझाएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका मन्त्री खनाललाई एनआरएनए अमेरिका अध्यक्ष सतेन्द्र साह नेतृत्वको टोलीले भेटेर गैरआवासीय नेपालीका समस्या, हकहित तथा नेपालको विकासमा डायस्पोराको सहभागितासम्बन्धी सुझाव बुझाएको हो ।
ज्ञापनपत्रमा गैरआवासीय नेपाली ऐन, २०८३ को मस्यौदा परिमार्जन, गैरआवासीय नेपाली नागरिकताको व्यावहारिक कार्यान्वयन, लगानी सुरक्षा, विदेशबाट मतदानको व्यवस्था तथा कन्सुलर सेवा सुधारलगायतका विषय समेटिएका छन् ।
यस्तै, गैरआवासीय नेपालीका लागि लगानी सहजीकरण, विदेशमा रहेका नेपालीको सुरक्षा तथा आपत्कालीन उद्धार, कानुनी सहायता, डायस्पोरा समन्वय केन्द्र स्थापना र विदेशमा रहेका नेपालीको सीप तथा पूँजीको अभिलेख राख्नेसहितका सुझाव दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव
-
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
-
शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको शिष्टाचार भेट
-
चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपीलाई बोलायो
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।