नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु
१२ असोज, २०८३, सोमवार
- आज सेप्टेम्बर २८ अर्थात् विश्व रेविज दिवस २०२६ मनाइँदैछ । रेविजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वय सुदृढ गर्दै रेविज निवारणतर्फको प्रतिबद्धता दोहोर्याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाइन्छ ।
काठमाडौं : आज सेप्टेम्बर २८ अर्थात् विश्व रेविज दिवस २०२६ मनाइँदैछ ।
रेविजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वय सुदृढ गर्दै रेविज निवारणतर्फको प्रतिबद्धता दोहोर्याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाइन्छ ।
सेप्टेम्बर २८ लुइ पास्चरको स्मृति दिवस पनि हो । रेविजविरुद्धको पहिलो सफल खोप विकासमा उनको महत्वपूर्ण योगदान रहेको थियो। यस वर्ष ‘एकतामा शक्ति, रेविजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेविज दिवस मनाइँदैछ ।
रेविज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो । विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० मानिसको रेविजका कारण मृत्यु हुने गरेको छ । त्यसमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसियामा र ३२.५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको छ । रेविजका कारण मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । मानव रेविजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित छन् ।
नेपालमा पनि रेविज महत्वपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा देशभर २ लाख २३ हजार ५१० वटा जनावरको टोकाइका घटना रिपोर्ट भएका छन् । तीमध्ये करिब ९६ प्रतिशत टोकाइ कुकुरबाट भएको छ ।
नेपालमा हुने मानव रेविजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन् । नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु हुने अनुमान गरिएको छ । नेपालको करिब ५० प्रतिशत जनसंख्या उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने र बालबालिका विशेष जोखिममा रहने अवस्था छ । रेविजसम्बन्धी सेवा विस्तार गर्ने क्रममा देशभर हाल २८६ वटा सेवा केन्द्रबाट रेविजविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ ।
कुकुर, बिरालो वा अन्य सम्भावित रेविज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा त्यसलाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्न हुँदैन भने यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ । घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउनु हुँदैन ।
त्यसपछि सम्भव भएसम्म तत्काल नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा खोप सुरु गर्नुपर्छ । स्वास्थ्यकर्मीले दिएको सल्लाहअनुसार उपचारको निर्धारित प्रक्रिया पूरा गर्नुपर्छ । जनावरको टोकाइलाई सानो घाउ भन्दै बेवास्ता गर्नु हुँदैन । रेविजको लक्षण देखिएपछि यो सतप्रतिशत घातक हुने भएकाले लक्षण देखिने समय पर्खनु हुँदैन । जनावरले टोकेपछि समयमै उचित उपचार लिनु नै रेविजबाट हुने मृत्यु रोक्ने प्रमुख उपाय हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।