मलेखु–मुग्लिङ सडकखण्ड सुचारु, केही स्थानमा एकतर्फी आवागमन
१२ असोज, २०८३, सोमवार
- पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको हुग्दी खोला नजिक पानीधारामा खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ ।
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको हुग्दी खोला नजिक पानीधारामा खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ ।
हिजो बेलुकी करिब ६ बजे ठूला चट्टानसहित पहिरो खसेपछि अवरुद्ध भएको सडक आज बिहान पहिरो पन्छाउने काम सम्पन्न भएसँगै सञ्चालनमा आएको हो ।
यद्यपि धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेउ भासिएका कारण ती स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको नागढुङ्गा–मुग्लिङ सडक आयोजनाले जानकारी दिएको छ । यसअघि लगातारको वर्षाका कारण मलेखु–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो र सडक भासिने समस्या देखिएको थियो ।
त्यस्तै आयोजनाले वर्षा रोकिए पनि पहिरो झर्ने जोखिम कायमै रहेकाले कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा तथा हुग्दी खोला–जवाङ खोला क्षेत्रमा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
आयोजनाले सवारी चालकलाई तोकिएको गतिसीमा कायम राख्न, लेन अनुशासन पालना गर्न, जथाभावी ओभरटेक नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्दै संयमित र सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु
-
भोटेकोशी विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको चयन बुधबार हुने
-
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
मलेखु–मुग्लिङ सडकखण्ड सुचारु, केही स्थानमा एकतर्फी आवागमन
-
प्रधानमन्त्रीको राष्ट्रसंघको सम्बोधनमाथि विपक्षी दलहरुको टिप्पणीप्रति खगेन्द्र सुनारको कटाक्ष
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।