चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
११ असोज, २०८३, आइतवार
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण जनाउँदै आफ्नो संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण जनाउँदै आफ्नो संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
चोलेन्द्रशमशेरको अवस्थाबारे अनुगमन गर्न आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आइतबार टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर, प्रहरीले आयोगको टोलीलाई उनीसँग भेटेर जानकारी लिन अनुमति नदिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रहरीको उच्च नेतृत्वसँग अनुगमन गर्न नदिइनुको कारणबारे जानकारी माग्दा समेत टोलीलाई स्पष्ट जवाफ दिइएन ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) मा आवश्यकता अनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने र मानव अधिकार संरक्षणका लागि सुधार आवश्यक देखिए सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
उक्त संवैधानिक तथा कानुनी अधिकारअनुसार अनुगमनमा गएको आयोगको टोलीलाई रोकिएको घटनाप्रति आयोगले खेद व्यक्त गरेको छ ।
आयोगले घटनाको निष्पक्ष छानबिन गरी आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन तथा आयोगलाई प्राप्त अधिकारको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
गएराती प्रहरीले नियन्त्रणमा लिएका जबरालाई भने आजै अपराहन्न परिवारको जिम्मा लगाएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।