नेपाल र भारतसहित ४७ देशका नागरिकलाई रुसी सेनामा प्रयोग गरिएको जेलेन्स्कीको दाबी
८ असोज, २०८३, बिहिवार
- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् ।
काठमाडौँ ; युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले भारत, घाना, नेपाल, ताजिकिस्तान, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत देशका नागरिकलाई कथित रूपमा झुक्याएर रूस लगिएको र युद्धको मैदानमा प्रयोग गरिएको बताएका हुन् ।
उनले सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकको सुरक्षा गर्न र उनीहरूलाई युद्धको मोर्चामा पुग्नबाट रोक्न आग्रह गरेका छन् ।
जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना नागरिकलाई युद्धमा तान्न नदिन सम्बन्धित देशले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । रूसलाई युद्ध जारी राख्न आवश्यक पर्ने आर्थिक स्रोत र सैन्य क्षमता सीमित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
उनले रूससँग व्यापार गरेर ठूलो रकम उपलब्ध गराउने देशहरूले अप्रत्यक्ष रूपमा युद्ध लम्ब्याउन सहयोग पुगिरहेको दाबी गर्दै रूसमाथि आर्थिक दबाब बढाउन आह्वान गरेका छन् । अमेरिकाले रूसमाथि लगाएका नयाँ प्रतिबन्धको उदाहरण दिँदै अन्य देशलाई पनि त्यस्तै कदम चाल्न आग्रह गरेका छन् । जेलेन्स्कीले भारतको नाम ब्ल्याक सीमा तनाव कम गर्ने प्रयासका सन्दर्भमा पनि उल्लेख गरेका छन्।
उनका अनुसार भारत, इजिप्ट र टर्कीले ब्ल्याक सी मा व्यावसायिक पानीजहाजको सुरक्षित आवागमन पुनःस्थापित गर्न प्रस्ताव गरेका छन् । युक्रेन समुद्री युद्धविरामका लागि तयार रहेको र अब रूसको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको उनले बताएका छन् ।
जेलेन्स्कीले आगामी जाडोमा युक्रेनका लागि कठिन हुन सक्ने बताएका छन् । रूसबाट भइरहेका क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण युक्रेनको हवाई सुरक्षा प्रणाली थप बलियो बनाउनुपर्ने उनले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटमा युक्रेनको हवाई सुरक्षा तथा प्याट्रियट क्षेप्यास्त्रको उत्पादन क्षमता बलियो बनाउने विषयमा छलफल भएको उनले जानकारी दिएका छन् । जेलेन्स्कीले युद्धलाई थप लम्बिन नदिन रूसमाथि दबाब बढाउन आवश्यक रहेको बताएका छन् । साथै नेपाल र भारतसहित ४७ देशलाई आफ्ना नागरिकलाई रूस–युक्रेन युद्धबाट टाढा राख्न उनले पुनः आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, प्रभु बैंक सबैभन्दा प्रभावित
-
लक्ष्मीपूजाको साँझ विद्युत् मागले नयाँ रेकर्ड बनाउने अपेक्षा
-
सार्वजनिक खरिदमा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक तोकियो, सामाजिक सुरक्षा र बीमा अनिवार्य
-
थापाथलीमा तिहार विशेष रैथाने मेला सुरु
-
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती मनाइँदै
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।