परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
२०८३ असोज ०८ विहिवार
- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको मुख्यालयमा फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
काठमाण्डौ, ०८ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको मुख्यालयमा फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा भएको भेटमा मन्त्री खनालले नेपाललाई सहयोग र ऐक्यबद्धता व्यक्त गरेकोमा फिनल्यान्ड सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् ।
उनले भोटेकोसी विपत्तिपछि नेपालले अघि बढाइरहेको उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासबारे जानकारी गराएका छन् । साथै नेपालले सन् २०४५ सम्म शून्य खुद कार्बन उत्सर्जन हासिल गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
भेटमा फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न फिनल्यान्ड तयार रहेको बताएकी छन् ।
उनले जलवायु परिवर्तनसम्बन्धी कार्य, प्रविधि तथा विकासका अनुभव र सफल अभ्यास आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्नुपर्नेमा जोड दिएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
-
ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने
-
आजको राशिफल: वि.सं. २०८३ असोज ८ गते विहिवार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।