भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
७ असोज, २०८३, बुधवार
- प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत्, सडक र पुलको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको बताए ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने बताएका छन् ।
प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत्, सडक र पुलको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको बताए ।
मन्त्री श्रेष्ठका अनुसार विभिन्न जलविद्युत् आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन् । माथिल्लो त्रिशूली–१ आयोजनाबाट मात्रै ४३९ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको उनले जानकारी दिए। सो आयोजनाबाट हालसम्म ३९ वटा शव फेला परेको तथा अन्य आयोजनामा पनि बेपत्ता व्यक्तिको खोजी भइरहेको उनले बताए ।
बाढीबाट भोटेकोशी–त्रिशूली नदी प्रणालीमा रहेका ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् । करिब ४१० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको र प्रसारण तथा वितरण संरचनामा समेत ठूलो क्षति पुगेको मन्त्री श्रेष्ठले बताए। बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको र तत्काल सेवा पुर्याउन कठिन स्थानमा सौर्य प्रणाली तथा सौर्य बत्ती उपलब्ध गराइएको उनले जानकारी दिए ।
बाढीमा ज्यान गुमाएका वा सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री श्रेष्ठले बताए । प्रभावित ग्राहकलाई भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत् सेवा लिनेलाई निःशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णयसमेत गरिएको उनले जानकारी दिए ।
मन्त्री श्रेष्ठले विपद्ले ठूलो मानवीय र भौतिक क्षति गराए पनि त्यसबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्ने बताए । आगामी दिनमा जलविद्युत् लगायतका संरचना निर्माण गर्दा विपद् जोखिम न्यूनीकरण र सुरक्षालाई उच्च प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले जानकारी दिए ।
यसैबीच, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रभावका कारण नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै मन्त्री श्रेष्ठले सतर्क रहन आग्रह गरेका छन् । विशेषगरी हालै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा थप सतर्कता आवश्यक रहेको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
-
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच शिष्टाचार भेट
-
ट्रम्प–सी भेटवार्ता हुँदै: व्यापारदेखि एआई र ताइवानसम्म विषयमा छलफल हुने
-
बाढीपहिरो प्रभावित नेपालको पुनरुत्थानमा अमेरिकाले थप ३१ मिलियन डलर दिने
-
छ वटा लघुवित्तमाथि राष्ट्र बैंकको कारवाही
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।