प्रधानमन्त्री शाहसँग कांग्रेस नेताहरूको भेटवार्ता

५ असोज, २०८३, सोमवार
सारांश
  • प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

 

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेता विश्वप्रकाश शर्मा सहभागी थिए ।

 

भेटवार्तामा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघ महासभा भ्रमण तथा त्यससँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नेछन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार