- मध्यपूर्वमा अमेरिका र इरानबीच पुनः तनाव बढेको देखिएको छ । अमेरिकाले क्षेत्रमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ । मध्यपूर्वमा अमेरिका र इरानबीच पुनः तनाव बढेको देखिएको छ । अमेरिकाले क्षेत्रमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याम्प डेभिड भ्रमण एक दिनअघि नै अन्त्य गरेर शनिबार साँझ ह्वाइट हाउस फर्किएका छन् । उनको भ्रमण छोट्याउनुको कारण ह्वाइट हाउसले स्पष्ट गरेको छैन ।
रुस टुडेको रिपोर्टअनुसार अमेरिकी बी–१बी लान्सर बमवर्षक बेलायतको आरएएफ फेयरफोर्ड विमानस्थलबाट उडेर मध्यपूर्वतर्फ गएको छ । यस्तै, इरानी सञ्चारमाध्यम प्रेस टीभीले उत्तरपूर्वी सिरियाको अल–हसकाहस्थित खाराब अल–जिर विमानस्थलनजिक हवाई प्रतिरक्षा गतिविधि देखिएको जनाएको छ ।
अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्व तीव्र रूपमा बढ्न सक्ने भन्दै ती देशको भ्रमण गर्ने अमेरिकी नागरिकलाई समेत सावधानी अपनाउन भनिएको छ ।
अमेरिकी नागरिकलाई उडान र विमानस्थलसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ ।
यसैबीच इरानले जारी युद्ध अन्त्य गर्न अमेरिकासमक्ष सातवटा सर्त राखेको जनाएको छ। आफ्ना माग पूरा नभए युद्ध जारी राख्न तयार रहेको इरानले बताएको छ ।
इरानका सुरक्षा प्रमुख मोहसिन रेजाईले कतारले मध्यस्थकर्ताका रूपमा इरानका सर्तहरू अमेरिकासमक्ष पुर्याएको र अहिले इरान अमेरिकी राष्ट्रपति ट्रम्पको जवाफको प्रतीक्षामा रहेको बताएका छन् । रेजाईका अनुसार इरानका मागमा सबै मोर्चामा युद्ध रोक्ने, विदेशमा रोक्का गरिएका इरानी रकम फुकुवा गर्ने र समुद्री नाकाबन्दी अन्त्य गर्नेलगायत विषय समावेश छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।