करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो

३ असोज, २०८३, शनिवार
सारांश
  • चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर ‘रोनाल्डो’ नामक जङ्गली हात्तीको मृत्यु भएको छ ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर ‘रोनाल्डो’ नामक जङ्गली हात्तीको मृत्यु भएको छ ।

शनिबार बिहान टिकौली मध्यवर्ती सामुदायिक वनको कार्यालय भवनबाट करिब ६ सय मिटर दक्षिणतर्फ बीसहजारी ताल जाने खगेरी नहरको बाटोमा हात्ती मृत अवस्थामा फेला परेको हो ।

 

निकुञ्जका अनुसार वरण्डाभार सुरक्षा पोस्टका लागि विद्युतीकरण गर्न लगिएको करिब १६ फिट अग्लो पोलबाट तार तानेर मुखले टोकेको अवस्थामा हात्ती फेला परेको थियो । प्रारम्भिक स्थलगत जाँचका क्रममा विद्युतीय करेन्ट प्रवाह भएर हात्तीको मृत्यु भएको अनुमान गरिएको छ ।

 

अन्दाजी ४५ वर्षको उक्त हात्ती लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्ज, खोरसोर वन क्षेत्र तथा आसपासका मध्यवर्ती वन क्षेत्रमा विचरण गर्दै आएको थियो ।

 

निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक तथा प्राविधिकको टोलीले शव परीक्षण गरेको थियो । शव परीक्षणपछि हात्तीका दुवै दारा सुरक्षित राखेर आवश्यक प्रक्रिया पूरा गरी शवलाई सोही स्थानमा खाडल खनेर गाडिएको निकुञ्जले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार