- सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ५५ टोलीका ५७९ जनाले आरोहण अनुमति लिएका छन् ।
काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ५५ टोलीका ५७९ जनाले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबापत १५ लाख ४६ हजार ९४३ अमेरिकी डलर अर्थात् २३ करोड ५१ लाख ८३ हजार २३२ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहण अनुमति लिनेमा ४३२ जना पुरुष र १४७ जना महिला रहेका छन् ।
सबैभन्दा धेरै आरोही मनास्लु हिमालका लागि रहेका छन् । मनास्लु आरोहणका लागि ४१ टोलीका ४९३ जनाले अनुमति लिएका छन् । तीमध्ये ३६६ जना पुरुष र १२७ जना महिला छन् । मनास्लुबाट मात्रै १४ लाख ७९ हजार अमेरिकी डलर अर्थात् २२ करोड ४८ लाख १४ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । त्यसबाट ४ हजार ५०० अमेरिकी डलर रोयल्टी संकलन भएको छ । त्यस्तै डाङ्गा हिमाल आरोहणका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् भने धौलागिरि प्रथम आरोहणका लागि ४ टोलीका ३४ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।
त्यसैगरी, गङ्गापूर्ण पश्चिम आरोहणका लागि एक टोलीका दुई जना, थोराङ पिकका लागि एक टोलीका सात जना, नोर्बु खाङका लागि एक टोलीका दुई जनाले, अन्नपूर्ण चौथोका लागि एक टोलीका चार जना र चाम्लाङ आरोहणका लागि एक टोलीका छ जनाले अनुमति लिएको विभागले जनाएको छ । त्यस्तै बरुण टिसे आरोहणका लागि एक समुहका १० जना र लमजुंग हिमालका लागि १ समुहका २ जनाले अनुमति लिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।