सर्वोच्चका न्यायाधीशहरू छलफलमै व्यस्त,

१६ कार्तिक, २०८३
सारांश
  • सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी फूलकोर्ट बैठक सोमबार बिहानदेखि जारी छ। नियमित पेसी सूची सार्वजनिक भइसके पनि न्यायाधीशहरू इजलासमा नगई सामूहिक छलफलमा जुटेका छन्।

 काठमाडौं : सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी फूलकोर्ट बैठक सोमबार बिहानदेखि जारी छ। नियमित पेसी सूची सार्वजनिक भइसके पनि न्यायाधीशहरू इजलासमा नगई सामूहिक छलफलमा जुटेका छन्।

 

सर्वोच्च अदालत प्रशासनका अनुसार फूलकोर्ट बैठक कम्तीमा खाजा खाने समयसम्म चल्ने सम्भावना छ। बैठक सकिएपछि मात्रै न्यायाधीशहरू नियमित सुनुवाइका लागि इजलासमा जानेछन्।

 

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालबीच भएका ह्वाट्सएप सन्देश तथा अन्य विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको फूलकोर्ट बैठकमा यस विषयले प्रवेश पाएको थियो। त्यसपछि प्रधानन्यायाधीश शर्माले समसामयिक विषयमा छलफल गर्न सोमबार बिहान सबै न्यायाधीशको बैठक बोलाएका हुन्।

 

यसैबीच, ह्वाट्सएप सन्देश सार्वजनिक भएको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने विषयमा छलफल गरेको थियो। उक्त प्रस्तावबारे आवश्यक निर्णय गर्ने जिम्मेवारी पार्टीले संसदीय दललाई दिइसकेको छ।

 

सर्वोच्च अदालतको फूलकोर्ट बैठकबाट के निष्कर्ष निस्कन्छ भन्ने विषयलाई अहिले चासोका साथ हेरिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार