अख्तियारका कर्मचारीबाट प्रधानमन्त्री राहत कोषमा ६१ लाखभन्दा बढी जम्मा
३१ भाद्र, २०८३, बुधवार
- यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।
काठमाडौँ: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको सहयोगका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले स्वेच्छिक रूपमा तलब कट्टा गरी ६१ लाख ६२ हजार ५०८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।
बाढीपीडितको सहयोगका लागि आयोगका पदाधिकारीको १५ दिन, सचिवको १० दिन, सहसचिव तथा सो सरहका कर्मचारीको १० दिन, उपसचिव तथा शाखा अधिकृतको ७ दिन, राजपत्र अनंकित कर्मचारीको ५ दिन र श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरिएको हो ।
कट्टा गरिएको ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।