नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

२५ भाद्र, २०८३, बिहिवार
सारांश
  • सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने दोल्टी पावरको शेयर ८.२२ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.९८ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४१ कम्पनिका एक करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर ४ अर्ब ९ लाख ७१ हजार ८९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने दोल्टी पावरको शेयर ८.२२ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.९८ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ४५ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २१ करोड १२ लाख बराबरको कारोबार भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार