आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह
२५ भाद्र, २०८३, बिहिवार
- सन् २०२४ देखि २०२६ सम्मका लागि ‘आत्महत्याबारेको दृष्टिकोण परिवर्तन गरौँ’ भन्ने विषय तय गरिएको छ। सन् २०२६ का लागि भने ‘संवाद सुरु गरौँ’ भन्ने आह्वान गरिएको छ ।
काठमाडौँ: प्रत्येक वर्ष सेप्टेम्बर १० मा मनाइने विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामसँगै मानव अधिकारको सुनिश्चितता गर्न सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
सन् २०२४ देखि २०२६ सम्मका लागि ‘आत्महत्याबारेको दृष्टिकोण परिवर्तन गरौँ’ भन्ने विषय तय गरिएको छ। सन् २०२६ का लागि भने ‘संवाद सुरु गरौँ’ भन्ने आह्वान गरिएको छ ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आत्महत्यासम्बन्धी ६ हजार ८५२ घटना दर्ता भएका छन्। यस्तै, आर्थिक वर्ष २०८०/८१ मा आत्महत्याका कारण ७ हजार २२१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
मानसिक तनाव, चिन्ता, निराशा, घरेलु तथा लैङ्गिक हिंसा, दीर्घकालीन मानसिक स्वास्थ्य समस्या, आर्थिक समस्या, गरिबी र बेरोजगारीलगायत कारण आत्महत्याका घटना हुने गरेको विभिन्न अध्ययनले देखाएको आयोगले जनाएको छ ।
आयोगले आत्महत्या केवल मानसिक स्वास्थ्यको विषय नभई जीवन, मर्यादा, स्वास्थ्य, सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग जोडिएको गम्भीर मानव अधिकारको विषय भएको जनाएको छ ।
सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण बनाउन तथा आत्महत्याको प्रयासबाट बचेका व्यक्ति र आफन्त गुमाएका परिवारलाई दोष, लाञ्छना र सामाजिक बहिष्कार नगर्न आयोगले आग्रह गरेको छ । उनीहरूको सम्मान, गोपनीयता, भेदभावरहित व्यवहार र आवश्यक सहयोग सुनिश्चित गर्नसमेत आयोगले सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।