आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह
२५ भाद्र, २०८३, बिहिवार
- सन् २०२४ देखि २०२६ सम्मका लागि ‘आत्महत्याबारेको दृष्टिकोण परिवर्तन गरौँ’ भन्ने विषय तय गरिएको छ। सन् २०२६ का लागि भने ‘संवाद सुरु गरौँ’ भन्ने आह्वान गरिएको छ ।
काठमाडौँ: प्रत्येक वर्ष सेप्टेम्बर १० मा मनाइने विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामसँगै मानव अधिकारको सुनिश्चितता गर्न सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
सन् २०२४ देखि २०२६ सम्मका लागि ‘आत्महत्याबारेको दृष्टिकोण परिवर्तन गरौँ’ भन्ने विषय तय गरिएको छ। सन् २०२६ का लागि भने ‘संवाद सुरु गरौँ’ भन्ने आह्वान गरिएको छ ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आत्महत्यासम्बन्धी ६ हजार ८५२ घटना दर्ता भएका छन्। यस्तै, आर्थिक वर्ष २०८०/८१ मा आत्महत्याका कारण ७ हजार २२१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
मानसिक तनाव, चिन्ता, निराशा, घरेलु तथा लैङ्गिक हिंसा, दीर्घकालीन मानसिक स्वास्थ्य समस्या, आर्थिक समस्या, गरिबी र बेरोजगारीलगायत कारण आत्महत्याका घटना हुने गरेको विभिन्न अध्ययनले देखाएको आयोगले जनाएको छ ।
आयोगले आत्महत्या केवल मानसिक स्वास्थ्यको विषय नभई जीवन, मर्यादा, स्वास्थ्य, सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग जोडिएको गम्भीर मानव अधिकारको विषय भएको जनाएको छ ।
सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण बनाउन तथा आत्महत्याको प्रयासबाट बचेका व्यक्ति र आफन्त गुमाएका परिवारलाई दोष, लाञ्छना र सामाजिक बहिष्कार नगर्न आयोगले आग्रह गरेको छ । उनीहरूको सम्मान, गोपनीयता, भेदभावरहित व्यवहार र आवश्यक सहयोग सुनिश्चित गर्नसमेत आयोगले सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।