- मधेशीको बलमा सरकारमा पुगेर अहिले मधेशीलाई प्रताडित गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी प्रमुख, सांसद र नेताहरुलाई अपमानित गरिरहेको समेत उनले आरोप लगाए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिदै तासको पत्ता भएको बताएका छन् ।
विहिबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले मधेशी जनताको बिनाश गरेको भन्दै सरकार तासको पत्ता भएको बताएका हुन् ।
उनले भने- म राज्यलाई भन्न चाहन्छु, तपाइँ मधेशीको बलमा सरकार ठड्याउनु भएको छ, तपाइँ तासको पत्ता हो, तपाइँको लागि यहि व्यक्ति बोलेको थियो, यो सरकार बनेन भने आत्मदाह गर्छु, आज यहि ठाउबाट भन्न चाहन्छु तपाइँ मधेशीलाई तबाह गर्नुहुन्छ, तपाइको नाश लेखेको छ ।'
उनले मधेशीलाई शुरु देखि प्रहार भइरहेको बताउदै मन्त्री दिपक शाह र गौरी कुमारीलाई पनि त्यस्तै भएको बताए । उनले सरकार संबिधान अनुसार नचलेको आरोप लगाउदै सरकार सल्लाहकारले चलाएको आरोप लगाए । उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा सल्लाहकारले सरकार चलाएको र संसदलाई बेवास्ता गरेको आरोप लगाए ।
साथै, मधेशीको बलमा सरकारमा पुगेर अहिले मधेशीलाई प्रताडित गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी प्रमुख, सांसद र नेताहरुलाई अपमानित गरिरहेको समेत उनले आरोप लगाए ।
सांसद सिंहले स्वास्थ्य र शिक्षामन्त्रीले मधेशीलाई नियुक्ति नगर्ने कसम खाएको बताउदै नियुक्तिमा समावेशीताको धज्जी उडाइएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।