- आज संघीय संसदको प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, २५ भाद्र । आज संघीय संसदको प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूलन तथा जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरू सम्बन्धमा कृषि, वन तथा पर्यावरणमन्त्री, सचिव र वातावरण विज्ञसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै, विहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, बिहान ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना बारे फैसला कार्यन्वयन निर्देशनालयसँग छलफलको कार्यसूची रहेको छ । साथै बैठकमा कानुनमन्त्री, सचिव र निर्देशनालयका महानिर्देशकलाई बोलाइएको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।