- आज संघीय संसदको प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, २५ भाद्र । आज संघीय संसदको प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूलन तथा जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरू सम्बन्धमा कृषि, वन तथा पर्यावरणमन्त्री, सचिव र वातावरण विज्ञसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै, विहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, बिहान ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना बारे फैसला कार्यन्वयन निर्देशनालयसँग छलफलको कार्यसूची रहेको छ । साथै बैठकमा कानुनमन्त्री, सचिव र निर्देशनालयका महानिर्देशकलाई बोलाइएको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।